घान्द्रुकमा महिलालाई अभद्र व्यवहार गरेको आरोपमा बागलुङका ३ जना पक्राउ
पाेखरा | जेठ १३, २०८१
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकस्थित एक रेष्टुरेन्टमा महिला र होटल सञ्चालकसहित कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङका ३ जनालाई पक्राउ गरेको छ ।
पोखरा घर भई घान्द्रुक घुम्न गएका परिवारसहितका महिलालाई जवरजस्ती नाच्न लगाई अभद्र व्यवहार गरेको आरोपमा बागलुङ ३ जना युवालाई जेठ ११ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घान्द्रुकस्थित अन्नपूर्ण गेष्ट हाउस एण्ड रेष्टुरन्टमा झैझगडा भएको सूचनाका आधारमा प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीको टोलिले बागलुङको जैमिनि नगरपालिका घर भएका २८ वर्षीय भीम थापा, ३१ वर्षीय डोलनाथ पौडेल र २९ वर्षीय तेज हमाललाई पक्राउ गरेको हो ।
घान्द्रुक घुम्न गएका परिवारसहितका महिलालाई ईच्छा विपरित नाच्न लाई अभद्र व्यवहार गरेको र होटल सञ्चालक तथा कर्मचारीहरुले सम्झाउँदा उल्टै बियरका बोत्तल तथा लाठ्ठी प्रहार समेत गरेर उनीहरुले घाइते बनाइएको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई सार्वजनिक, हित,स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्र्तगत अभद्र व्यवहार सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

